जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • भाटभटेनीका मालिक अख्तियारको कठघरामा, दर्जनौ बैंकको कर्जा खरानी

भाटभटेनीका मालिक अख्तियारको कठघरामा, दर्जनौ बैंकको कर्जा खरानी

भूपेन्द्र आचार्य । रातारात नेपालभरी भाटभटेनी सुपरमार्केट पु¥याएका मीन बहादुर गुरुङ र उनका छोरा कल्याण गुरुङलाई ७ दिन भित्र बयान दिन अखितयार दुरुपयोग अनुसन्धान आयोगले सूचना नै जारी गरी बोलाएको छ । नेपालकै अति नै महत्वपूर्ण व्यक्तित्वहरुको निवास मानिएको बालुवाटारको २९९ रोपनी जग्गा भूमाफियासंग मिली आफ्नो नाममा ल्याई बिक्री वितरण गरेको र उपभोग समेत काठमाडौं स्टील कम्पनीको नाममा गरेको खुलेपछि अख्तियारले यी बाबु र छोरालाई बयानका लागि बोलाएको देखिन्छ । रातारात अर्वपति बनेका भाटभटेनी सुपरमार्केटका मालिक मीन बहादुर गुरुङ बिरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा समेत उजुरी गरेको खुलेको छ ।

देशका महत्वपूर्ण व्यक्तित्वहरुको निवाससंगै जोडिएको बालुवाटारको २९९ रोपनी जग्गा व्यक्तिको नाममा गरि विक्री वितरण गरेको उजुरीका आधारमा कुमारी बैंकका पूर्व सञ्चालक एवं पूर्व एमाले नेता शोभाकान्त ढकाल, भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशकद्वय मीन बहादुर र छोरा कल्याण गुरुङ अख्तियारको कठघरामा पुगेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सूचना नै प्रकाशित गरी ८६ परिवारका सदस्यहरुलाई ७ दिन भित्र वयान दिन आउन अनुरोध गरेको छ । सो सूचिमा निर्माण व्यवसायी कैलाश चन्द्र गोयल पनि छन् । वालुवाटारको जग्गा भूमाफियासंग मिली हडप्न सफल भएका भाटभटेनी सुपर मार्केटका मालिक मीन बहादुर गुरुङ उनीका छोरा कल्याण गुरुङ, कुमारी बैंकका पूर्व सञ्चालक शोभाकान्त ढकालले उक्त जग्गा दर्जनौ बैंकहरुमा धितो राखी कर्जा लिएको खुलेको छ । समाचार स्रोत भन्दछः– मीन बहादुर गुरुङको काठमाडौं स्टील कम्पनीको जग्गा नेपाल इन्भेष्टमेण्ट बैंकमा धितो राखिएको र करिब १ अर्ब कर्जा लिएको स्रोतको दाबी छ ।

सरकारले वालुवाटारको २९९ रोपनी जग्गाको किनबेच बन्द गरेपछि दर्जनौ बैंकको कर्जा नउठ्ने निश्चित भएको छ । समाचार स्रोत भन्दछः– नाति महर्जनलाई मोही बनाएर डिल्लीबजार मालपोतका भ्रष्ट कर्मचारीहरुको मिलोमतोमा डा. शोभाकान्त ढकाल, मीन बहादुर गुरुङ, कैशाल चन्द्र गोयल र कल्याण गुरुङले किनी बेचबिखन गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी ४ बाहेक दर्जनौलाई बयानका लागि बोलाएको छ ।

कुमारी बैंकका तत्कालीन सञ्चालक डा.शोभाकान्त ढकालले नेपाल वंगलादेश बैंक र प्राइम बैंकमा वालुवाटारको ४÷४ रोपनी जग्गा धितो राखी १ अर्ब भन्दा बढि कर्जा लिएको स्रोतको दाबी छ । अब यी बैंकको कर्जा डुब्ने निश्चित जस्तै देखिन्छ । डा. शोभाकान्त ढकाल अहिले भागेर भारतमा लुकेर बसेका छन् । भारतबाटै मेलमा कुमारी बैंकको सञ्चालक पदबाट राजिनामा दिएको पत्र पठाएको बैंक स्रोतको दाबी छ ।

स्मरणीय रहोस् तत्कालीन एमाले नेता एवं कुमारी बैंकका पूर्व सञ्चालक ढकालले नै नेकपाका महासचिवलाई ८ आना जग्गा उपलब्ध गराएका थिए । सचेत भया ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका