जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रभु इन्स्योरेन्सले २३ औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु इन्स्योरेन्सले २३ औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु इन्स्योरेन्सले २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गर्दै कम्पनीले सभा सम्पन्न गरेको हो ।

नेपाल फाइनान्सियल रिपोटिङ स्ट्यान्डर्ड (एनएफआरएस) मोडेलमा वित्तीय विवरण तयार गर्नुपरेकाले साधारण सभा गर्नमा ढिलो भएको कम्पनीका अध्यक्ष कुुसुम लामाले जानकारी दिएकी छिन् । एनएफआरएस मोडेलमा वित्तीय विवरण तयार गर्दा विभिन्न किसिमका वित्तीय समायोजन गर्न परेकाले कम्पनीको सञ्चित मुनाफा न्यून हुन गएको उनले बताइन् । सञ्चित नाफा न्यून भएकाले पनि यो वर्ष शेयरधनीलाई लाभांश दिन नसकेको समेत उनले प्रष्ट पारित ।

गत वर्ष कम्पनीले १९ दशमलव २० प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको छ । यो वर्ष हात खाली भए पनि आगामी वर्ष खाली नगराउने प्रतिबद्धता अध्यक्ष लामाले गरेकी छिन् । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख ७६ हजार रहेको छ ।

12760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका