जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तीन फाइनान्स कम्पनीका सञ्चालक र सीइओ परे राष्ट्र बैंकको कारवाहीमा

तीन फाइनान्स कम्पनीका सञ्चालक र सीइओ परे राष्ट्र बैंकको कारवाहीमा

नेपाल राष्ट्र बैंकले ३ वटा फाइनान्स कम्पनीका संचालक र सीइओलाई सचेत र जरिवानाको कारवाही गरेको छ भन्दा अब फरक पर्दैन । नेपाल राष्ट्र बैंकले तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सलाई कारबाही गरेको हो । भन्दा फरक पर्दैन । जसमा प्रोग्रेसिभ र गुडविल फाइनान्सलाई नसिहत दिएको र गुहेश्वरीलाई सचेत गराएको जनाएको छ । राष्ट्र बैंकले प्रोगे्रसिभ फाइनान्सका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नसिहत सहित कारबाही गरेको छ । राष्ट्र बैंकको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले महर्जन विजनेश एशोसियट्स प्रा.लि. लाई कर्जा प्रवाह गर्दा कर्जा पूर्णरुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैकिङ्ग क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको छ ।

बैंकले पारिपासु सम्झौता अनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई दृष्टिबन्धक मार्फत् सुनिश्चित नगरेसम्म कर्जा पूर्णरुपमा सुरक्षित नरहेकोले त्यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) को खण्ड (क) बमोजिम नसिहत दिइएको जनाएको छ । भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकले प्रोगे्रसिभ फाइनान्सका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नसिहत सहित कारबाही गरेको छ । राष्ट्र बैंकको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले महर्जन विजनेश एशोसियट्स प्रा.लि. लाई कर्जा प्रवाह गर्दा कर्जा पूर्णरुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैकिङ्ग क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको छ ।

राष्ट्र बैंकले गुडविल फाइनान्सका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई पनि कारबाही गरेको छ । राष्ट्र बैंकको स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकमको सुदपयोगिता सुनिश्चित नगरी महर्जन विजनेश एशोसियट्स प्रा.लि. लाई कर्जा प्रवाह गरेको पाइएकोले त्यस्तो कर्जा लगानीको निर्णय गर्ने कार्यमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम नसिहत दिइएको देखिन्छ ।

राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ८ को बुँदा नं. ३ को उपबुँदा (४) मा भएको व्यवस्था विपरित संस्थाले आर्थिक वर्ष २०७९÷८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको शेयर बिक्री गरी यस बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशन समेत दिइएको जनाइएको छ ।

यस्तै गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सका सीईओ पनि राष्ट्र बैंकको काबारहीमा परेका छन् । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ८ को बुँदा नं. ३ को उपबुँदा (४) मा भएको व्यवस्था विपरित संस्थाले आर्थिक वर्ष २०७९÷८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको शेयर बिक्री गरी यस बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशन समेत दिइएको जनाइएको छ । सचेत भया ।

625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका