जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रेस काउन्सीलमा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ नहट्नेः सरकारले गरेको निर्णय सर्वोच्च अदालतबाट बदर

प्रेस काउन्सीलमा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ नहट्नेः सरकारले गरेको निर्णय सर्वोच्च अदालतबाट बदर

प्रेस काउन्सिलमा हात हाल्ने सरकारकाे आदेशलाइ सर्वाेच्च अदालतले बदर गरिदिएकाे छ । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाईनै काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।  सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत साउन २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार सरकारमा ल्याएको थियो । हालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ  ४ वर्षे पदावधि सकेर असोज १२ गते घर फर्कँदै छन् । 

साउन ३२ गते सरकारले अधिवक्ता दुर्गा भण्डारी पौडेललाई प्रेस काउन्सिल सदस्यमा नियुक्ति दिँदै त्यसको एकदिनपछि भदौ १ गते राती कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएको थियो । सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिल वोर्डले आइतबार नै सर्वोच्च अदालतमा रिट हालेको थियो । सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा कामकाज गर्न रोक लगाइदिएको छ ।

 

11335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका