जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शिव परियारको ‘निष्ठुरी’ बोलको गीत सार्वजनिक

शिव परियारको ‘निष्ठुरी’ बोलको गीत सार्वजनिक

संचारकर्मी रवि अधिकारीको शब्द रहेको ‘आँशुको अर्थ’ र ‘आँशुको अर्थ ‘भाग २’ को अपार सफलता पछी नयाँ गीत सार्वजनिक भएको छ । अधिकारीको शब्द र सुगम संगीतका बादशाह शिव परियारको आवाजमा रहेको ‘निष्ठुरी’ बोलको गीत सार्वजनिक भएको छ ।

माया, प्रेम र धोकाको कथा बोकेको ‘निष्ठुरी’ बोलको उक्त गीत शुक्रबार बिहान नमस्ते फिल्मीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक गीतमा दीपक शर्माको संगीत र रिदम कँडेलको संगीत संयोजन रहेको छ ।

गीतले मायाको अर्थ नभुझी धनको पछी लाग्ने एक युवतीको कथा बोकेको छ । गीतमा उत्सव र स्नेहा प्रेमी प्रेमिका हुन्छन् । पछी स्नेहाको भेट सफल उद्योगपती जनकसँग हुन्छ र उनले उत्सवलाई छोड्छन् । एक सामान्य युवा उत्सव पछी नेपालको सुपरस्टार गायक बन्छ । उता स्नेहाले धनको पछी लाग्द धोका पाउछे र फेरी उत्सवको जीवनमा फर्किन चाहदा उत्सवले अस्विकार गर्छन् ।

गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपालिया र सुशान्त कुमार श्रेष्ठ लगायत फिचर्ड रहेका छन् । सशान कँडेलले निर्देशन गरेको भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन् भने बिकास धमलाले सम्पादन गरेका हुन् ।

9065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका