जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • दशैंमा सीइओले कति दक्षिणा दिन्छन् ?

दशैंमा सीइओले कति दक्षिणा दिन्छन् ?

जागिर खाएर कसैले धेरै पैसा कमाउँछ भने त्यो हो बैंकको प्रमुख कार्यकारी अधिकृत अर्थात् सीइओ । किनभने संसारभर सबैभन्दा बढी तलब बैंकका सीइओकै हुन्छ । सामान्यतया नेपालका वाणिज्य बैंकका सीइओको तलब महिनाको ६/७ लाखदेखि २०/२२ लाख रुपैयाँ छ ।

वार्षिक करोडौं रुपैयाँ तलब लिने बैंकरहरुको दशैं कस्तो हुन्छ उनीहरुले दक्षिणा कति दिन्छन र लिन्छन ? भन्ने जिज्ञाशा सबैमा हुन्छ । हामीले यस विषयमा जानकारी दिने उद्देश्यले केही बैंकका सीइओहरुसँग कुराकानी गरेका छौं ।

पर्शुराम कुवँर क्षेत्री सीइओ, जनता बैंक
म दशैंमा सर्लाही जान्छु । फूलपातिको दिन परिवारसँग दशैं मनाउँछु । मलाई दशैं रमाइलो लाग्छ । दशैंमा टिका लगाउँछु र अरुलाई पनि टिका लगाइदिन्छु । टिका र आशीर्वादसँगै दक्षिणा पनि लिने दिने चलन छ । तर डिजिटल दक्षिणा भने दिने गरेको छैन । दक्षिणा दिँदा २०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म दक्षिणा दिने गरेको छु ।

मैले पाउने पनि त्यस्तै हुन्छ । दक्षिणाको विषयमा मलाई एउटा कुरा याद छ, सानो छँदा मलाई हजुरबुबाले एक सुका दिन्छु भनेर २ पैसा दिनु भएको थियो । छोरीहरुलाई २ सुका दिएर मलाई २ पैसा दिनुभएको थियो । त्यसबेला म निकै रिसाएको थिएँ ।

किरण कुमार श्रेष्ठ सीइओ, राष्ट्रिय वाणिज्य बैंक
मेरो घरपरिवार आफन्त सबै यतै भएकाले यो वर्षको दशैंमा काठमाडौंमै बस्छु । दशैंको बिदाभरी म काठमाडौभित्र भएका सबै सांस्कृतिक पिठ तथा मन्दिरहरु दर्शन गर्ने कार्यक्रम बनाएको छु । म तास पनि खेल्दिन । रक्सी पनि खाँदिन । त्यसैले दशैं बिदा अध्ययन गरेर बिताउने सोच बनाएको छु । हामी घरमा काटमार पनि गर्दैनौ ।

मेरो ससुराली धरान हो । टिकाको भोलिपल्ट टिका थाप्न ससुराली धरान जान्छु । ससुरालीले यति नै दक्षिणा दिनुभयो भनेर हेरेको छैन् । खाममा हुन्छ नहेरी नै राख्छु । मैले भने सामान्यतयाः टिका लगाइदिँदा ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म दिने गरेको छु । त्यसमा छोरी ज्वाँइलाई दिने दक्षिणा भने अलिकति बढी हुन सक्छ ।

ज्ञानेन्द्र ढुंगाना अध्यक्ष, बैंकर्स संघ
हाम्रो घरमा दक्षिणाको रेट नै १०० रुपैयाँ छ । मैले अहिलेसम्म १०० रुपैयाँभन्दा कम र धेरै दक्षिणा दिएको छैन । मेरा ससुरालीले त मलाई अहिले पनि दक्षिणामा १० रुपैयाँ दिन्छन् ।

दक्षिणा दिएर कहिल्यै कोही गरिब हुँदैन । र, दक्षिणा पाएर पनि कोही धनी हुँदैन भन्ने मेरो मान्यता हो । त्यसैले दशैंको दक्षिणालाई आशीर्वादका रुपमा लिनुपर्छ । बुबाको पालामा त, उहाँले आफ्नो इच्छाअनुसार फरक-फरक दरले दक्षिणा दिनुहुन्थ्यो । पुराना साथीभाइसँग भेटघाट गर्ने, तास खेल्ने, एक/दुई पेग हृवीस्की लगाइन्छ ।

 

7855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका