जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

विश्वका विभिन्न देशहरूबाट नेपाल भ्रमणमा आउने पर्यटकले एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीको सेवाबाट फाइदा लिन सक्ने भएका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना माघ ८ बाट संचालनमा आउने एनसेलले जनाएकाे छ ।

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशीले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बण्डलिङ्ग गरिएको प्याकहरू लिन सक्नेछन् ।

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित १०० रूपैयाँमा टुरिष्ट सिम सहितको स्टार्टर प्याक लिन सक्छन् । यो प्याकमा पर्यटकले ३० रूपैयाँमा मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पनि पाउनेछन् ।
यस सिममा पे यज यु यो रेट लागु हुनेछैन भने पर्यटकले आफ्नो नेपाल बसाई र आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तिस दिन सम्म विभिन्न पाँच कम्बो प्याकमध्ये कुनै एक प्याक लिन सक्छन् ।

यो प्याक आवश्यकता अनुसार २९० रूपैयाँदेखि ९८० रूपैयाँसम्मको लिन सकिनेछ । ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारू गर्न सकिनेछ । थप जानकारीका लागि एनसेलको सेवा केन्द«मा सम्पर्क गर्न सकिने एनसेलले बताएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा संचालनमा ल्याईएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पर्यटकको सञ्चार सेवाको आवश्यकतालाई सहज रूपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ ।

टुरिष्ट सिम एनसेलका एनसेल सेन्टर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरूबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्नेछ ।

9355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका