जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ऋण अवधिभर ब्याज बढाउन नपाइने विकल्प ग्राहकले रोज्न पाउने

ऋण अवधिभर ब्याज बढाउन नपाइने विकल्प ग्राहकले रोज्न पाउने

नेपाल राष्ट्र बैंकले स्थिर ब्याज दर राख्न सक्ने बाटो खोलिदिएको छ। बैंकहरुले मनपरी ब्याज दर बढाएको आरोप लागिरहँदा राष्ट्र बैंकले स्थिर ब्याज दरको नीति अगाडि सारेको हो।

एक बर्षभन्दा बढि भुक्तानी अवधि भएको आवधिक प्रकृतिको ऋणमा स्थिर ब्याज दर कायम गर्न सकिने भएको छ। ग्राहकसँगको सहमतिमा बैंकले स्थिर ब्याज दर राख्न सक्छन्।

सामान्यतया स्थिर ब्याज दर केही महँगो भने पर्ने छ। जस्तो तरलता तलमाथि हुँदा ब्याज दर पनि तलमाथि जान्छ। तर स्थिर ब्याज दर हुँदा तरलता अभाव भएपनि बढाउन पाइँदैन र तरलता बढि भएका बेला पनि ब्याज घट्दैन।

बैंकहरुले मानौ १२ प्रतिशत स्थिर ब्याज दर तोके भने बजारमा ब्याज १० प्रतिशतमा आए पनि ग्राहकले १२ प्रतिशत नै तिर्नु पर्छ। बढेर १५ प्रतिशत पुगे पनि ग्राहकले १२ प्रतिशतभन्दा तिर्नु पर्दैन।

अहिले पनि केही बैंकले एक/दुई बर्ष अवधिको लागि स्थिर ब्याज दरको नीति आँफैले अँगालेका छन्। अब भने राष्ट्र बैंकले नै नीतिगत ब्यवस्था गरिदिएको छ। यसो हुँदा आधार दरका आधारमा बैंकले ब्याज तलमाथि गरिरहनु पर्दैन। निष्चित आम्दानी हुनेका लागि यो राम्रो विकल्प हो। राष्ट्र बैंकले शुक्रबार एकिकृत निर्देशिका संशोधन गर्दै सर्वसाधारणलाई राहत दिने निर्णय गरेको हो।

7730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?