जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैंकमा ऋणको माग बढ्दा, बैंकमा निक्षेप घट्यो

बैंकमा ऋणको माग बढ्दा, बैंकमा निक्षेप घट्यो

कात्तिक लागेसँगै बैंकमा सुस्ताएको कर्जा प्रवाह केही बढ्न थालेको देखिएको छ ।

एकसाताको अवधीमा बैंकहरुमा ७ अर्ब रुपैयाँले कर्जा बढेको छ । निक्षेप भने सो अवधीमा ३ अर्ब रुपैयाँले घटेको छ ।

मंसिर १३ सम्ममा बैंकहरुमा २९ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप छ । कर्जा भने २६ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ ।

मंसिर ६ गतेसम्ममा बैंकहरुमा २९ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप थियो भने कर्जा २६ खर्ब ४० अर्ब रुपैयाँ रहेको थियो ।

स्वदेशी मुद्रामा बैंकहरुमा २८ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप छ भने विदेशी मुद्रामा १ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कर्जा तर्फ बैंकहरुले स्वदेशी मुद्रामा २५ खर्ब ६३ अर्ब रुपैयाँ ऋण दिएका छन् भने विदेशी मुद्रामा ८३ अर्ब रुपैयाँ ऋण दिएका छन् ।

5695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका