जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नबिल बैंकले ल्यायो ७५ लाखसम्मको ऋण ३५ घण्टाभित्र उपलब्ध गराउने स्किम

नबिल बैंकले ल्यायो ७५ लाखसम्मको ऋण ३५ घण्टाभित्र उपलब्ध गराउने स्किम

नबिल बैंकले ऋणका लागि आवेदन दिएको ३५ घण्टामै पैसा उपलब्ध गराउने नयाँ स्किम ल्याएको छ।

बैंकले सजिलो एक्सप्रेस कर्जा योजना ल्याएको हो। यसको अधिकतम ब्याज दर साढे १० प्रतिशत कायम गरिएको छ। यो ब्याज दर एक वर्षसम्म बढ्दैन।

बैंकले ‘क्रेडिट स्कोरिङ मोडेल’ मार्फत ऋण पाउन कतिको योग्य हो होइन भनेर मूल्यांकन गर्ने छ। बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै ७५ लाखसम्मको साना तथा मझौला ऋण ३५ घण्टाभित्र उपलब्ध गराउने जानकारी दिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत  अनिल शाहले बैंक ३५ वर्ष पुगेको उपलक्ष्य पारेर ३५ घण्टामै ऋण स्वीकृत गर्ने स्किम ल्याएको जानकारी दिए। उनले आगामी दिन साना तथा मझौला उद्यमको रहेको भन्दै आजको एसएमइ नै भोलिको कर्पोरेट रहेको बताए।

‘हिजो हामीले १० लाख ऋण दिएकाहरू आज अर्ब ऋण लिने गरि ठूला भइसकेका छन्,’ उनले भने, ‘त्यसैले आज हामीले एसएमइमा धेरै लगानी गर्‍यौं भने ती नै भोलि कर्पोरेट बन्ने हुन्।’

नबिल सजिलो एक्सप्रेस कर्जा लिँदा कारोबार सुचना, मासिक विद्युतीय बैंकिङ विवरण, क्रेडिट कार्ड निःशुल्क उपलब्ध हुने छ। बैंकले सक्षमसँगको सहकार्यमा ऋण योजना सुरू गरेको हो। बैंकका ९३ वटै शाखाबाट ऋण उपलब्ध हुनेछ।

10645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका