जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा आकर्षक उपहार पाइने

इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा आकर्षक उपहार पाइने

जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले इसेवाले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ ।

यस योजनामा कुनै पनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार १ सय रुपैयाँ कमाउनुका साथै २५ हजार रूपैयाँ बराबरको मोबाइल जित्न सकिनेछ ।
यस योजना अन्तर्गत एक महिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५०/५० रुपैयाँदेखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार ७५ रुपैयाँ तथा १ सयभन्दामाथि कारोबार गर्नेले प्रतिकारोबार १ सय रूपैयाँ इन्सेन्टिभ पाउनेछन् ।

योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुबैमा लागू हुनेछ । यो योजना मार्च १ देखि जुलाई ३१ सम्म लागू हुनेछ । योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराइनेछ ।

पाँच महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्सको भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार १ सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाइल समेत प्राप्त गर्न सक्नेछन् ।

पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकोमा यसलाई अझ प्रोत्साहनगर्न यो योजना सञ्चालन गरिएको इसेवाले जानकारी दिएको छ ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका २ हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

4935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका