जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कोरोना बीमाबाट १५ करोड बीमा शुल्क संकलन

कोरोना बीमाबाट १५ करोड बीमा शुल्क संकलन

कोरोना महामारीबाट जनतालाई राहत सरकारले अघि सारेको कोरोना बीमा बापत करिब १५ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । नेपाल बीमक संघले बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना बीमा शुल्क दैनिक करिब आधा करोडका दरले बीमा शुल्क संकलन हुँदै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार दुई लाख ७२ हजार ७४४ जनाले कोरोना बीमा गराएका छन् । सो बापत १४ करोड ७१ लाख ६२ हजार १९५ रुपैयाँ बीमा शुल्क बापत आम्दानी भएको छ ।

गत शुक्रबारसम्म १९ वटा कम्पनीले कूल १३ करोड ९१ लाख ६२ हजार १९५ रुपैयाँ कोरोना बीमा पोलिसी बिक्री गरी बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीले हालसम्म ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको सो कम्पनीका सूचना अधिकारी निरञ्जन आचार्यले इन्स्योरेन्स खवरलाई जानकारी दिए । राष्ट्रिय बीमा कम्पनीले मात्रै १४ हजार जनाको कोरोना बीमा गराएको छ । दुवै तथ्याङ्क जोडेर कूल करिब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन भइसकेको छ ।

हालसम्म शिखरले दुई करोड ८२ लाख ४७ हजार ४०० रुपैयाँको कोरोना बीमा पोलिसी बिक्री गरेर पहिलो स्थानमा छ भने दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स छ । सो कम्पनीले कूल एक करोड १७ लाख ९५ हजार रुपैयाँ कोरोना बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै सगरमाथा इन्स्योरेन्सले एक करोड दुई लाख रुपैयाँ भन्दा बढि कोरोना बीमा शुल्क आर्जन गरेको छ । नयाँ बीमा कम्पनी अजोडले पुराना कम्पनीहरुलाई उछिन्दै ८४ लाख रुपैयाँ कोरोना बीमाको व्यापार गर्न सफल भएको छ ।

बीमा कम्पनीहरुले जति बीमा शुल्क आर्जन गरेपनि जोखिम र बीमा शुल्क आम्दानी सबै कम्पनीलाई चार प्रतिशत पाउनेछन् । कोरोना बीमाको २० प्रतिशत पुनर्बीमा कम्पनीले दायित्व बहन गर्नेछ ।

8800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका