जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एभरेष्ट बैंकको दुई कर्मचारीलाई कोरोना संक्रमण

एभरेष्ट बैंकको दुई कर्मचारीलाई कोरोना संक्रमण

एभरेष्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीलाई ‘कोरोना संक्रमण’ देखिएपछि दुई दिनलाई कामकाज बन्द गरिएको छ।

संक्रमण नदेखिएका कर्मचारीहरुलाई ‘होम आइसोलेसन’ मा राखिएको छ। गत शुक्रबार कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएको हो।

पुष्टि भएपछि बैंकका कर्मचारीमा त्रासको अवस्था रहेको त्यहाँ कार्यरत एक जनाले बताए। उनका अनुसार, कर्मचारीलाई दुई दिनका लागि होम आइसोलेसनमा बस्न भनिएको छ। दुई दिनपछि सञ्चालक समितिको बैठक भएकाले पर्सि कार्यालय खोल्ने सर्कुलर गरिएको छ।

‘बैंकमा ग्राहकसँग एक्सपोज हुनु एउटा कुरा भयो। अर्को साथीभाइ नै पनि सँगै क्यान्टिनमा बसेर खाजा खानुपर्ने बाध्यता हुन्छ,’ ती कर्मचारीले भने, ‘त्यसैले काम गर्न अत्यन्तै समस्या भएको छ।’

बैंकको कपिलवस्तु र वीरगञ्जस्थित शाखाका कर्मचारीहरुलाई पनि संक्रमण देखिएको छ।

11600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका