जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महँगी साढे ५ प्रतिशतले बढ्यो

महँगी साढे ५ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष ६ महिनामा मूल्यवृद्धि ५.४१ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार पोहोर पुसको तुलनामा यस वर्ष सोही अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेको हो। गत वर्ष पुसमा यस्तो मूल्यवृद्धि ५.२६ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.६७ प्रतिशत पुगेको छ। पोहोर ५.७५ प्रतिशत थियो।

गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दरमा केही गिरावट आएको छ। यस्तो मूल्यवृद्धि पोहोर ६ महिनामा ४.९३ प्रतिशत रहेकामा अहिले ४.१९ प्रतिशत छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २८.५२, घ्यू तथा तेलको १०.६७, दाल तथा गेडागुडीको ९.४८ र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ। मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.१२ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.३५, मदिराजन्य पेय पदार्थको ७.०१, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ।

ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.६८ र सहरी क्षेत्रको उपभोक्ता मूल्य सूचकाङ्क ५.३१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

1645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?