जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन , तिहारपछिको खरिदकर्ताले पाउदैनन् लाभांश

बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन , तिहारपछिको खरिदकर्ताले पाउदैनन् लाभांश

बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको प्रस्तावित १३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि शुक्रबार मूल्य समायोजन गरेको हो । बोनस शेयरपछिको मूल्य नेप्सेले प्रतिकित्ता रू. २६२ तोकेको हो । बिहीबार कायम अन्तिम मूल्य रू. २९६ को आधारमा बैंक अफ काठमाण्डूको मूल्य समायोजन गरेको नेप्सेले प्रष्ट पारेको छ ।

बैंकले यस वर्षको लागि १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यो लाभांश सहित विविध प्रस्ताव पारित गर्न मंसिर १५ गते साधारण सभा बोलाएको छ । उक्त सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । यस आधारमा तिहारपछि बैंकको शेयर खरिद गर्नेहरुले प्रस्तावित लाभांश पाउनेछैनन् । कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउने भएका हुन ।

सभा बैंकको प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत हुनेछ । बैंकको असोज १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को सञ्चित मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर समेत ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्ष बैंकले कुल १७ प्रतिशत लाभांश दिएको थियो ।

गत वर्ष बैंकले ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत कर समेत नगद लाभांश दिएको हो । गत वर्षभन्दा १ प्रतिशत लाभांश कम दिएको बैंकले यो वर्ष बोनसमा जोड दिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस बैंकले रू. १ अर्ब ४७ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका