जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्राइम लाइफ इन्स्योरेन्सको १५.७९ प्रतिशत लाभांश पारित

प्राइम लाइफ इन्स्योरेन्सको १५.७९ प्रतिशत लाभांश पारित

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्तावित १५ दशमलव ८७ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले आइतवार १४औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर १० गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँको आधारमा लाभांश वितरण गर्न लागेको हो । १५ प्रतिशत बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार रुपैयाँ पुग्नेछ । सभाले कम्पनीको अधिकृत पूँजीवृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने ,जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने, कम्पनीको शेयर लगानी अनुपात परिवर्तन गरी संस्थापक तर्फ ६० प्रतिशत तथा सर्वसाधारण तर्फ ४० प्रतिशत कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट कम्पनीले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्षभन्दा यस वर्ष शून्य दशमलव ७९ प्रतिशत बढी लाभांश कम्पनीले वितरण गर्न लागेको हो । यस वर्ष कम्पनीले बोनस शेयरका लागि ३६ करोड २५ लाख ५८ हजार रुपैयाँ र कर प्रयोजनका लागि १ करोड ९० लाख ८२ हजार रुपैयाँ रकम नगद लाभांशका रुपमा वितरण गर्न लागेको हो । 

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस कम्पनीले १२ करोड २५ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोषमा ८० करोड २९ लाख रुपैयाँ भन्दा बढी र जीवन बीमा कोषमा १५ अर्ब ७२ करोड ४६ लाख रुपैयाँ भन्दा बढी रकम रहेको छ । यस वर्ष पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब १८ करोड रुपैयाँ भन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने २७ करोड ६२ लाख रुपैयाँ भन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २० दशमलव २८ र प्रतिशेयर नेटवर्थ १४० दशमलव १५ छ ।

5620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका