जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सामसङको ग्यालेक्सी एम१२ बजारमा भित्रियो, मूल्य साढे १८ हजार रुपैयाँबाट सुरु

सामसङको ग्यालेक्सी एम१२ बजारमा भित्रियो, मूल्य साढे १८ हजार रुपैयाँबाट सुरु
सामसङ नेपालले एट एनएम एक्सीनोस् प्रोसेसर र ९० हर्ज रिफ्रेस रेट भएको ग्यालेक्सी एम१२ स्मार्टफोन बजारमा ल्याएको छ। यो स्मार्टफोनमा ट्रू ४८ मेगापिक्सेल क्वाड क्यामेरासहित ६००० एमएएच ब्याट्री रहेको कम्पनीले जनाएको छ।स्मार्टफोनमा ब्याट्रीको आयु बढाउन एट एनएम प्रोसेसर छ। यो स्मार्टफोनलाई ‘मोन्सटर लोडेड’को संज्ञा दिएको सामसङले सन् २०२० मा ग्यालेक्सी एम११ र एम२१ रुचाइएको पछि एम१२ सार्वजनिक गरेको हो।

‘ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ मूल्यमा, नवीनतम उत्पादन प्रदान गर्ने प्रतिबद्धता अनुरुप हामीले हालै एम सिरिजअन्तर्गत नयाँ उत्पादन प्रस्तुत गरेका छौं। ग्यालेक्सी एक१२ को डिजाइन नयाँ आकर्षणसहित प्रदान गर्न खोजेका छौं,’ सामसङ मोबाइल नेपालका बिजनेस प्रमुख प्रणयरत्न स्थापितले भने।

ग्यालेक्सी एम१२ मा रहेको प्रोसेसरले विभिन्न ब्राउजिङ वा मल्टी टास्किङमा पनि कम ब्याट्री खपत गर्ने सामसङले जनाएको छ। स्मार्टफोनको बक्समा १५ वाटको फास्ट चार्जर पनि राखिएको छ। फास्ट चार्जिङ प्रविधिले ब्याट्रीको आयुसँगै पावर इफिसिएन्ट पनि बनाएको सामसङको दाबी छ।

स्मार्टफोनमा ६.५ इन्चको एचडी+इन्फिनिटी भी डिस्प्ले उपलब्ध छ। २०:९ अनुपातको साथ डल्बी एटमोस सपोर्टको साथ हेडसेटलाई ब्लु टुथ वायर प्रयोग गर्न सकिने सुविधाले उत्कृष्ट अडियो तथा सिनेम्याटिक भ्यूइङ अनुभव प्रदान गर्ने सामसङले जनाएको छ।

स्मार्टफोनमा आइएसओ सेल जीएमटू सेन्सर रहेकाले उत्कृष्ट गुणस्तरमा फोटो खिच्न सकिने बताइएको छ। स्मार्टफोनमा पाँच मेगापिक्सेलको माइक्रो लेन्सले क्लोज अप सट र दुई मेगापिक्सेलको डेफ्त क्यामेराले राम्रो पोट्रेटसँगै बुके इफेक्ट खिच्न सघाउने सामसङले जनाएको छ। साथै आठ मेगापिक्सेलको फ्रन्ट क्यामेराले हाइ रिजोलुसनको सेल्फी खिच्न सक्नेछ।

स्मार्टफोन कर्भ डिजाइनमा उपलब्ध छ। यसमा एन्ड्रोइड ११ भर्सन छ। ग्यालेक्सी १२ विभिन्न तीन रङहरु कालो, नीलो र सेतोमा उपलब्ध छन्। स्मार्टफोनको मूल्य ४ जीबी र्‍याम+६४ जीबी स्टोरेजको १८ हजार ४९९ रुपैयाँ र ६ जीबी र्‍याम+१२८ जीबी स्टोरेजको २२ हजार ४९९ रुपैयाँ तोकेको सामसङले जनाएको छ। देशभर रहेको सामसङ स्टोरसँगै रिटेलबाट स्मार्टफोन खरिद गर्न सकिने सामसङले जनाएको छ।

7890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका