जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • वित्तिय संस्थाका कर्मचारीका नाममा सिडिओ कार्यालयले जारी गर्यो सूचना

वित्तिय संस्थाका कर्मचारीका नाममा सिडिओ कार्यालयले जारी गर्यो सूचना

बैंक तथा वित्तिय संस्थाका कर्मचारीका नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार एक सूचना जारी गरेको छ । काठमाडौं सिडिओले वित्तिय संस्थाका कर्मचारीले निषेधाज्ञामा यात्रा गर्दा कहि कतैबाट अवरोध भएमा सहजीकरणका लागि १०० र १०३ मा फोन गर्न भन्दै सूचना जारी गरेको हो ।

प्रशासकिय अधिकृत लक्ष्मी कुमारी शाहीद्धारा जारी सूचनामा भनिएको छ– निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्था, बीमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त सवारी पास आवश्यक नपर्ने भएकोले यस्ता कार्यमा यात्रा गर्दा कहि कतैबाट अवरोध आएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न जानकारी गराइन्छ ।

साथै प्रशासनले अन्य अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकोले शुक्रबारबाट मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक सवारी पास जारी नहुने पनि जनाएको छ ।

 

10935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका