जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आज

एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आज

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औ वार्षिक साधारणसभा आज जेठ १० गते हुँदै छ । कम्पनीले साधारणसभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्रप्ति गर्ने सम्बन्धमा संचालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव गरेको छ ।

साधारणसभामा कम्पनीको सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको ८ प्रतिशत बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै बोनस शेयरको कर प्रयोजनका लागि ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि साधारणसभामा पेश गर्दै छ ।

बोनश शेयर वितरण पछिको फ्र्याक्सन शेयरलाई समेत थप एक कित्ता दिन सक्ने प्रस्ताव गरिएको छ । बोनस शेयर वितरण पछि चुक्ता पूँजी र जारी पूँजी बृद्धि हुने भएकाले सोहि अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संशोधन हुनेछ ।

साधारणभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका साथै पारित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षणका लागि वर्तमान लेखापरिक्षक एमजिएस एण्ड एसोसिएट्स चार्टर्ड एकाउण्टेन्सलाई नै पुनः नियुक्ति गर्ने एजेण्डा रहेको छ ।

5890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?