जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी विश्लेषण

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी विश्लेषण

भदौ २३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर मूल्य सोमवार रु. ७०२ कायम भएको छ । यस दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ६ ले घटेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रु. २० करोड ५७ लाख १४ हजार रहेको छ ।

गत वर्ष यो अवधिसम्म कम्पनीको जगेडा कोष रकम रु. १४ करोड ९६ लाख १२ हजार थियो । गत वर्ष रु. ६ करोड १३ लाख ९२ हजार खुद नाफा गरेको कम्पनीको यस वर्ष रु. ६ करोड ५८ लाख ६६ हजार यो नाफा भएको छ । गत वर्ष ८३ करोड ३३ लाख ९४ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रु. १ अर्ब ९० करोड ४० लाख २९ हजार यो शुल्क आर्जन गरेको छ ।

गत वर्ष रु. १ करोड ६७ लाख ९० हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रु. २३ करोड ६४ लाख ८८ हजार गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रु. ४ दशमलव १८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रु. ११० दशमलव ८८ रहेको छ ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको कालो लामो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घटेको संकेत गर्छ । आरएसआई न्युट्रलजोन ५० दशमलव ८३ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३ दशमलव ५५ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा काटिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयर मूल्य रु. ७०२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ६८७ मा टेवा पाउने र महँगिए रु. ७२८ मा प्रतिरोध पाउने देखिन्छ ।

4510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका