जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • पोखरा फाइनान्स कम्पनी विश्लेषण

पोखरा फाइनान्स कम्पनी विश्लेषण

कम्पनीको शेयर मूल्य बिहीबार अघिल्लो कारोबार दिनको तुलनामा रु. २५ बढेको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३९७ पुगेको हो ।  यस दिन कम्पनीको १ लाख ५० हजार ५४३ कित्ता शेयर खरिद बिक्री भएको छ ।

चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रु. ९ करोड ८ लाख रहेको छ । एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ  ।

चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. १० करोड ८४ लाख नाफा कमाएको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १५ दशमलव शून्य १ रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई यस वर्ष ५ प्रतिशत बोनस शेयर दिएको हो ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो शरीरको मैनबत्ती बनेको छ । पछिल्लो तीन मैनबत्ती हेर्दा ‘थ्रीह्वाइट सोल्डर’ को प्याट्रन देखिएको छ ।

यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७८ दशमलव १५ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १३ दशमलव १६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयर मूल्य रु. ३९७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३६० मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको शेयर मूल्य ५९ कारोबार दिनयताकै उच्च कायम भएको छ ।

5260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका