जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइन विवाद तत्काल सम्बोधन गर्न ढकालको आग्रह

उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइन विवाद तत्काल सम्बोधन गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

चरिकोटमा आजदेखि सुरुभएको दोलखा महोत्सवको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अहिलेको समयमा डेडिकेटेड र ट्रङ्कलाइनको विवादले व्यवसायीहरुको मनोबल घट्ने र मुलुकमा लगानीको वातावरण थप विग्रने भएकाले उच्च स्तरीय आयोग बनाई यसको तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

समस्यामा रहेको मुलुकको अर्थतन्त्र विस्तारै सहज हुने अपेक्षा रहेको अहिलेको समयमा विद्युत प्राधिकरण र व्यवसायीहरुबिच देखिएको विवादले अर्थतन्त्रमा थप समस्या सृजना हुन सक्ने ढकालले बताए ।

उच्च स्तरीय आयोग बनाई समस्याको समाधान गर्न सके सधैको लागि यस्ता समस्याहरुको समाधान हुने उनको तर्क थियो ।
मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुने संकेत देखिएकाले सरकारले पब्लिक कन्फिडेन्स बढाउने खालका कार्यक्रम ल्याउन ढकालले आग्रह गरे ।

695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका