जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थतन्त्र पुनरुत्थानका लागि केही क्षेत्रमा कर छुट: राजस्व सचिव

अर्थतन्त्र पुनरुत्थानका लागि केही क्षेत्रमा कर छुट: राजस्व सचिव

अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कोभिड-१९ संक्रमणको माहामारीबाट प्रभावित भएको अर्थतन्त्राई पुनरुत्थान गर्नका लागि सरकारले केही सामान र क्षेत्रमा कर छुट दिएको स्पष्ट पारेका छन् ।

आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आईतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सचिव पुडासैनीले सरकारले अघि सारेको कर छुट कार्यक्रमले लगानी बढाउने, नयाँ उद्योग स्थापना हुने, औद्योगिक क्षेत्र फस्टाउने र अन्तत त्यसले राजश्व पनि बढाउने विश्वास आफुहरुले लिएको बताए ।

कुल बजेटको ६२ प्रतिशतभन्दा बढी राजश्वबाट नै परिपुर्ति गरिने भएकाले चालु आयोजनालाई निरन्तरता दिनका लागि र अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि त्यसो गरिएको उनले स्पष्ट पारे ।

उनले उत्पादनमुलक उद्योग, साना करदाता, निर्यातमुलक उद्योग र स्वास्थ्य उपचार सम्बन्धी सामानमा सरकारले भन्सार कर छुट दिएको स्पष्ट पारे ।

त्यसैगरी आयाततर्फ औद्योगिक कच्चा पदार्थ, औषधी र घरायसी सामानमा छुट दिएको तथा नयाँ कर शुरु नगरिएको र भएका करका दरहरुको सामान्य समायोजन मात्रै गरिएको स्पष्ट पारे  ।

3330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?