जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • वित्तीय विवरण सार्वजनिक नगर्ने ३ हाईड्राेकाे सेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डमा निवेदन

वित्तीय विवरण सार्वजनिक नगर्ने ३ हाईड्राेकाे सेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डमा निवेदन

नेपनल धितोपत्र बोर्ड (सेवोन)मा विभिन्न ३ कम्पनीको कारोबार रोक्का गर्न माग गर्दै निवेदन परेको छ । विभिन्न ३ कम्पनी खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको हुनाले कारोबार रोक्का गर्न माग गर्दै बोर्ड निवेदन परेको हो ।

वित्तीय विवरण प्रकाशित नगरेपछि लगानीकर्ताहरु अन्यौलमा पर्ने भन्दै लगानीकर्ता केशब कोइरालाले खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीको शेयर कारोबार रोक्का गर्न माग गर्दै मंगलबार बोर्डमा निवेदन दिएका हुन्

कम्पनीहरुले दोस्रो बजारमा वित्तीय विवरण नै सार्वजनिक नगरि लगानीकर्तालाई कारोबारमा अन्यौल पारेको भन्दै निवेदन दिएका हुन् । खानीखोलाले ०७६ पुस यता कुनै विवरण प्रकाशन नगरेको, जोशी र हिमाल दोलखाले पनि आम लगानीकर्ताले हेर्न पाउनेगरी कुनै विवरण निष्काशन नगरेको आरोप लगाएको छ ।

खानीखोलाको २०७६ साल पौष मसान्तसम्मको वित्तीय विवरण अनुसार नेटवर्थ ७ रुपैयाँ नकारात्मक रहेको र लगातारको घाटाले कम्पनीको नेटवर्थ ५० रुपैयाँभन्दा बढी नकारात्मक भएको हुनसक्ने र कम्पनीको सेयर महँगो मूल्यमा कारोबार भएको हुँदा लगानीकर्ता डुब्ने खतरा भएकाले सूचीकरण खारेजी गर्न माग गर्दै निवेदन दिएका हुन् ।

 

6365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?