जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • एशियन लाईफको नविकरण बीमा शुल्कमा ब्याज छुट

एशियन लाईफको नविकरण बीमा शुल्कमा ब्याज छुट

एशियन लाईफ इन्स्योरेन्स कं. लि.ले नविकरण बीमा शुल्कमा लाग्ने ब्याजमा शत प्रतिशत छुटको घोषणा गरेको छ । काठमाण्डौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको मिति बैशाख १६ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मको अवधिको लागी आफ्नो बीमितहरुलाई नविकरण बीमाशुल्कमा लाग्ने ब्याजमा छुटको घोषणा गरेको हो । कम्पनीका अनुसार तोकिएको समयमै नविकरण बीमाशुल्क भुक्तानी गर्न नसकेका बीमितहरुलाई वैशाख १६ गतेदेखि ब्याज लाग्नेछैन ।

कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी गर्नको लागी अनलाइन माध्यमहरु ई सेवा, फोन पे, मोबाइल बैंकिंग एप्स र कनेक्ट आइपिएसको वेभसाइट प्रयोग गर्न समेत बीमितहरुमा अनुरोध गरेको छ ।

साथै एशियन लाईफले बीमालेख कर्जाको साँवा र ब्याज समेत ई सेवा एप्स वा वेभसाइटमार्फत् सहजै तिर्न सकिने सुविधा उपलब्ध गराएको छ । बीमालेख नम्बर र बीमितको जन्म मिति विवरण ईसेवामा प्रविष्टी गरेर बीमितले बीमालेखको ब्याज र आफूले चाहे बमोजिम साँवा रकम समेत भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

4670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?