जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लक्ष्मी बैंकको ८.५ % ब्याजदरको ऋणपत्र आजदेखि विक्रीमा

लक्ष्मी बैंकको ८.५ % ब्याजदरको ऋणपत्र आजदेखि विक्रीमा

लक्ष्मी बैंक लिमिटेडले आज (सोमवार) देखि साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्ने भएको छ । प्रतिऋणपत्र रू. १ हजार अंकित दरको ‘८.५५ लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो ।

कुल कित्तामध्ये रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।

यो ऋणपत्र खरीदका लागि असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म ऋणपत्र विक्री खुला गर्ने मिति समेत बैंकले तय गरेको छ ।

बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिमको संकेत गर्ने ‘इक्राएनपी आईआर त्रिपल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्ययम सुरक्षित अवस्थामा रहेको समेत संकेत गर्दछ ।

यो ऋणपत्र खरीद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । शेयर खरीदका लागि विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

6195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका