जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सानिमा लाईफको आईपीओ बुधवारदेखि बिक्री खुला हुने

सानिमा लाईफको आईपीओ बुधवारदेखि बिक्री खुला हुने

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गते बुधवारदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।

सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरिदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

यो आइपीआ साउन २४ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले आईपीओ विक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ । आईपीओ खरिदका लागि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवासमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २२ गतेदेखि व्यवसायिक यात्रा सुरु गरेको कम्पनीले रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओको सहारा लिएको हो ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी रू. २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ । हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेकोे कम्पनीको आईपीओ पश्चात कम्पनीको बीमा समितिले तोके बराबरको पूँजी कायम हुनेछ ।

जेठ ९ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले असार ३१ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीको आर्थिक वर्ष २०७६÷७७ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ६७ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा रू. १० करोड ४८ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १० रहेको छ ।

4950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?