जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्राइम कमर्सियल बैंकको नाफा ४४.५६ प्रतिशतले बढ्यो, नाफा कति बढ्न सक्छ ?

प्राइम कमर्सियल बैंकको नाफा ४४.५६ प्रतिशतले बढ्यो, नाफा कति बढ्न सक्छ ?

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा  ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षमा नाफामा ४४.५६ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा प्राइम बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको ब्याज आम्दानी तथा संचालन आम्दानी बढ्दा नाफा बढेको हो । प्राइम बैंकले खुद ब्याज आम्दानी २८.२६ प्रतिशत तथा खुद फि तथा कमिशन आम्दानी ५६.३२ प्रतिशतले बढाएको छ । ब्याज आम्दानीबाट प्राइमले ५ अर्ब ९५ करोड रुपैयाँ कमाएको छ ।

प्राइम बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ । १६ अर्ब ८ करोड चुक्ता पूँजी रहेको प्राइम बैंकको लाभांश क्षमता १६.६२ प्रतिशत छ ।

असार मसान्तसम्ममा प्राइम बैंकसँग १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा १ खर्ब ३५ अर्ब रहेको छ । कर्जा निक्षेप अनुपात ७९.६ प्रतिशत छ । इपिएस २० रुपैयाँ रहेको छ । १५.१ प्रतिशत पूँजीकोष अनुपात रहेको प्राइम बैंकको खराब कर्जा अनुपात १.१९ प्रतिशत छ ।

4840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका