जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

मुक्तिनाथ विकास बैंकको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

मुक्तिनाथ विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले निष्कासन गरेको मुक्तिनाथ डिबेञ्चर २०८४/८५ को कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, ऋणपत्रधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रहरुको ब्याज भुक्तानी सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि मुक्तिनाथ क्यापिटललाई ऋणपत्र रजिष्ट्रारमा नियुक्त गरेको हो ।

बैंकले साउन ७ गतेदेखि १२ गतेसम्म विक्री गरेको ऋणपत्र साउन २१ गते बाँडफाँट गरेको छ । बैंकले रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र विक्री गरेको थियो ।

७ वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर ८ दशमलव ७५ प्रतिशत रहेको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी भने सानिमा क्यापिटल लिमिटेडले पुरा गरेको थियो ।

4810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका