जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

 साउन १९ गतेदेखि लिलामीमा आएको मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर भदौ २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।

प्रतिकित्ता रू. ३२५ तोकिएको यो शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ  । बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ २३ गते बिहान विक्री प्रबन्धकको कमलादी, काठमाडौंमा विहान ११ बजे खोलिने कार्यक्रम समेत तय भैसकेको छ

8090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका