जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण

ग्लोबल आइएमई बैंक Global IME Bank Limited   र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण गरिएको छ ।  त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा वृक्षारोपण कार्यक्रमको सुरुवात गरेका हुन्।

विश्वविद्यालय क्याम्पस, जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्र्तगत विभागीय भवनदेखि मूल सडकसम्म करिब १०० चाँप, धुपी तथा विभिन्न प्रजातीका विरुवाहरु रोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको बैंकले जनाएको छ।

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको उल्लेख गरेको छ ।

6335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका