जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
  • होमपेज
  • आइएमई पेको दशैँ अफर हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासव्याक

आइएमई पेको दशैँ अफर हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासव्याक

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ को दशैँको झट्का स्कीम सार्वजनिक गरिएको छ । अफर  असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ ।

 यस स्किम अन्तर्गत तपाइँको आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म  क्यासब्याकको ब्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । क्यासव्याकको सीमा रु. २००० सम्मको रहेको छ भने  यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा  उपलब्ध गराइनेछ । 

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले  हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासंगै तीन दिनको लागि ५० प्रतिशत क्यास ब्याकको योजना पनि शुरु  भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको  बताए ।
 
यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैं यो स्किममा पनि नियम र  सर्तहरु लागु हुनेछन । सबै प्रयोगकर्ताहरु आइएमई पे को माध्यमबाट हवाई टिकट खरिद मा फ्लैश बिक्री  क्यासब्याकको लागि योग्य छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र  क्यासब्याक प्राप्त गर्ने कम्पनीले दावी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका