जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सम्पन्न क्यापिटलको साधारण सभा सम्पन्न

सम्पन्न क्यापिटलको साधारण सभा सम्पन्न

सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडले पहिलो साधारण आज सम्पन्न गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/२०७८ को मुनाफा बाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयेर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि जम्मा पूँजीको १।३१६ प्रतिशत नगद लाभाशं दिने प्रस्ताब पास गरेको छ । बोनश पश्चात संस्थाको चुक्ता पुँजी ३ करोड ८४ लाख ९७ हजार हुने छ । संस्थाले पुरानै कार्यसमिति लाई अनुमोदन गरेको छ भने हकप्रद सेयर निस्कासन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिएको छ ।

अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोसेफ अधिकारीले संस्थाले चालु आर्थिक बर्षमा पुँजी बृद्धि गर्दै लगानी ब्यवस्थापक र भेन्चर क्यापिटल सम्बन्धि कार्र्य गर्ने अनुमतिपत्र लिने जानकारी दिए । त्यस्तै गरि संस्थाले आगामी आर्थिक बर्ष भित्र पचास हजार डिम्याट खाता खोल्ने योजना बनाएको छ ।

सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लि। नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत प्राप्त कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्ने मर्चेट बैंकर हो । संस्थाले निक्षेप सदस्यको कार्य समेत गर्दै आएको छ।

4715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?