slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • सेयर बजारमा ५५ अंकको गिरावटसँगै २५०० को लाइनमा आयो नेप्से

सेयर बजारमा ५५ अंकको गिरावटसँगै २५०० को लाइनमा आयो नेप्से

आइतबार सेयर बजारमा ५५ अंकको गिरावट आएसँगै सेयर बजार २५०० बिन्दुको लाइनमा आएको छ। पछिल्लो समय लगातार घटिरहेको सेयर बजार डेढ महिनाको अवधिमा ६०० अंक भन्दा धेरै घटिसकेको छ।

४५ दिन अघि मात्रै ३२ सय बिन्दुमा पुगेको नेप्से आइतबार २५७७ बिन्दुमा झरेको छ। २३२ कम्पनीको करिब ९० लाख कित्ता सेयर चार अर्ब ११ करोड रुपैयाँमा किनबेच भएका छन्।

गत बिहीबारको तुलनामा कारोबार रकम करिब ४० करोड रुपैयाँ बढेपनि लगानीकर्तामा आत्मविश्वास भने देखिएको छैन। अधिकांस कम्पनीको सेयर मूल्य ५० प्रतिशत भन्दा धेरै घटिसक्दा पनि लगानीकर्ताले किन्ने आँट गर्न सकेका छैनन्।

अपि पावर कम्पनीको सर्वाधिक १५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेशनल हाइड्रोको १४ करोड, रिडी हाइड्रोपावरको १४ करोड, हिमालयन डिष्टिलरीको १३ करोड र युनाइटेड मोदी हाइड्रो र नेपाल बैंकको समान १०/१० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

मैलुङ खोला जलविद्युत आयोजनाको सेयर मूल्य१ १० प्रतिशतले बढ्नु बाहेक अन्य कम्पनीको मूल्य उल्लेख्य रुपमा बढेको छैन। स्वावलम्बन लघुवित्तको मूल्य ६ प्रतिशत र सबैको लघुवित्तको सेयर मूल्य २ प्रतिशत बढेको छ।

गुहेश्वरी मर्चेन्ट बैंक र रैराङ हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले घट्दा, माउन्टेन हाइड्रोको सेयर मूल्य ९ प्रतिशतले घटेको छ।
छ्याङ्दी हाइड्रोपावर, युनाइटेड मोदी, युनिभर्सल पावर, एचआइडिसिएल, हिमालयन पावर पार्टनर लगायतका अधिकांस जलविद्युत कम्पनीको सेयर मूल्य ७/७ प्रतिशत घटेको छ।

सबै उपसमूह राताम्मे भएको बजारमा जीवन बीमा समूह सर्वाधिक २७२ अंकले घटेको छ। निर्जीवन बीमा समूह १८८ अंक, विकास बैंक १३८ अंक, जलविद्युत समूह १११ अंक, उत्पादन समूह १०७ अंक, होटल समूह १०२ अंक घटेको छ।

4600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका