जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बजाज एक्सचेन्ज महा मेला, बाइक किन्नभन्दा पहिला १० हजार किनिसकेपछि १० लाख पुरस्कार

बजाज एक्सचेन्ज महा मेला, बाइक किन्नभन्दा पहिला १० हजार किनिसकेपछि १० लाख पुरस्कार

नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “फाइदा मोर, टेन्सन नो मोर” शीर्षकका साथ “बजाज एक्सचेन्ज महा मेला” अफरको ल्याएको छ । यो अफरं असोज १७ गते देखि असोज २३ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा लागु हुने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दा बढि भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १० हजार रुपैँया थप गरि दिएने छ । 

यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्ट मा ० प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरिने कम्पनीले जनाएको  छ । एक भाग्यशाली विजेताले सामसङ एम सीरीज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनु हुनेछ ।

यस मेगा इभेन्टमा थुप्रै कलाकारहरुको प्रदर्शन पनि शामिल हुनेछ जसमा १७ असोजको दिन हास्य कलाकार सुमन कार्की, १९ असोजको दिन गायक प्रकाश सपुत, २१ असोजको दिन गायक प्रमोद खरेल र २३ असोजको दिन गायक शिव परियारको प्रदर्शन रहनेछ ।

साथै, बजाजले “बजाज खुसी को ३ डोज”नामक आफ्नो दशैं अभियान सफलता पूर्वक चलाइरहेको कम्पनीले जनाएको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने बखत्मा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् । ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले  १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । 

 त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसके पछि  १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

4380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका