जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सानिमा बैंकको थप तीन नयाँ शाखा विस्तार

सानिमा बैंकको थप तीन नयाँ शाखा विस्तार

सानिमा बैंक लिमिटेडले थप तीन नयाा शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । 

जीतपुर कार्यालयको उद्धघाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु, र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त रुपमा गरेका हुन् । त्यस्तै, मध्यबानेश्वर कार्यालयको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं १० का अध्यक्ष राम कुमार केसी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दज्यूले संयुक्त रुपमा गरे । साथै बोडे कार्यालयको उद्धघाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरेका हुन् ।  

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालद्वारा ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । यससँगै सानिमा बैंकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् । 

2115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका