जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • शिवम् सिमेन्टले अहिलेसम्म कै सर्वाधिक उच्च लाभांश दिने

शिवम् सिमेन्टले अहिलेसम्म कै सर्वाधिक उच्च लाभांश दिने

शिवम् सिमेन्टले अहिलेसम्म कै सर्वाधिक उच्च २९ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीले प्रस्तावित सो लाभांश अनुमोदनका लागि साधारण सभा समेत आव्हान गरेको छ। 

जसअनुसार अब कात्तिक १६ गते कम्पनीको साधारण सभा हुने भएको छ। सो सभाले अनुमोदन गर्‍यो भने चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश बाँड्ने कम्पनीको योजना कार्यान्वयनमा आउने छ।

अहिले शिवम् सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ। यदि कार्तिक १६ मा बस्ने कम्पनीको साधारण सभाले प्रस्तावित लाभांश अनुमोदन गर्‍यो भने सो कम्पनीले एक अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्ने छ। अघिल्लो वर्ष कम्पनीले २४.२१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो।  गतवर्ष १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो। 

6925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?