जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०

बैंकिङ्ग

प्राइम बैंकको नाफा घट्यो

प्राइम बैंकको नाफा घट्यो

प्राइम बैंकको नाफा घटेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ३.९० प्रतिशतले घटेको छ ।

बैंकको पहिलो त्रैमासमा १ अर्बभन्दा बढी नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा जम्मा ९७ करोड ७९ लाख नाफा आर्जन गरेको छ ।

बैंकले समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी १ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकले यस अवघिमा १ खर्ब ५९ करोड निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह १ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा ५ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ३२ करोड ४८ लाख रुपैयाँ रहेको छ । साथै बैंकको खराब कर्जा अनुपात ०.६२ प्रतिशत रहेको छ ।

1680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका