जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएमबि बैंकको साधारण सभा पुस २२ गते, प्रस्तावित लाभांश पारित गर्ने

एनएमबि बैंकको साधारण सभा पुस २२ गते, प्रस्तावित लाभांश पारित गर्ने

एनएमबि बैंकले पुस २२ गते आफ्नो २६ औं वार्षिक साधारण सभा गर्दैछ । बैंकको मंसिर १३ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदन सहित असार मसान्तको वासलात र आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह बिबरण लगायतका वार्षिक वित्तीय विवरणहरू पारित गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभाले सहायक कम्पनीहरु एनएमबि क्यापिटल लिमिटेड र एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड समेतको एकीकृत वित्तीय विवरणहरु समेत पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को फा ६३ अनुसार आथिृक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियक्ति या निजको पारिश्रमिक ताक्ने र हालको लेखापरीक्षक देव एशोसिएटस र केएमयु एण्ड एशोसिएटा, चार्टर्ड एकाउन्टेन्स संयुक्त रुपमा पुनः नियुक्त हुनका लागि योग्य रहेको प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभामा सञ्चालक समितिबाट सिफारिस भए बमोजिम हाल कायम चक्ता पूँजीको २ दशमलव ३० प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर प्रयोजनका लागी) र १२ दशमलव ५० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

7150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका