जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • मुक्तिनाथ बैंकले ल्यायो उच्च ब्याजको ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत’ खाता, महिनैपिच्छे ब्याज दिने

मुक्तिनाथ बैंकले ल्यायो उच्च ब्याजको ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत’ खाता, महिनैपिच्छे ब्याज दिने

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत’ खाता संचालनमा ल्याएको छ। यस बचत योजनाले लाभदायी बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ। 

यो खाता खोलेर पैसा जम्मा गर्ने ग्राहकले वार्षिक ७.३५ प्रतिशत ब्याज पाउनेछन् र ब्याज रकम निक्षेपकर्ताले मासिक रुपमा आर्जन गर्नेछन्। 

ग्राहकले न्यूनतम १० हजार रुपैयाँको मौज्दातमा मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता खोल्न सक्ने बताइएको छ। यसबाट ग्राहकलाई लाभ मिल्नुका साथै बैंकको व्यवसाय वृद्धिमा पनि सहयोग पुग्ने विश्वास बैंकको छ। 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथको एटीएम कार्ड प्रयोगकर्ताले भिजा नेटवर्कमा आवद्ध अन्य कुनै पनि बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको पनि जानकारी दिएको छ । 

त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाइनबाटै कर्जा आवेदन तथा खाता खोल्ने, इन्टरनेट बैंकिङ खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ। 

4885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्