जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जगदम्बाको अर्को फड्को : तेस्रो मुलुकमा जस्तापाता निर्यात सुरु

जगदम्बाको अर्को फड्को : तेस्रो मुलुकमा जस्तापाता निर्यात सुरु

नेपालबाट पहिलो पटक श्रीलंकामा सीआर सिट एन्ड कोइल्स निर्यातबाट हौसिएको जगदम्बा स्टिलले अब जस्तापाता पनि तेस्रो मुलुकमा निर्यात गर्न सुरु गरेको छ ।

जगदम्बा स्टिलको उत्पादन जगदम्बा सुपर साइन र ग्याल्भा प्लसका जस्तापाता रोमानिया, यूएई निर्यात सुरु भएको कम्पनीले जनाएको छ । रोमानिय र संयुक्त अरब इमिरेट्स्बाट एक/एक सय टन जस्तापाता आयातका लागि अर्डर भएको र त्यसको निर्यात सुरु भइसकेको कम्पनीको निर्यात युनिट प्रमुख अमित खेरले अनलाइनखबरलाई जानकारी दिए ।

‘दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटालीमा निर्यातका लागि कुराकानी भइरहे पनि रोमानिया र यूएईमा जस्तापाता निर्यात सुरु भएको छ,’ खेरले भने, ‘अहिले ट्रायलको रुपमा निर्यात थालिएको र केही समय भित्रै मासिक ५ सयदेखि एक हजार टनसम्म जस्तापाता निर्यातको तयारी भइरहेको छ ।’

संयुक्त अरब इमिरेट्स र रोमानियमा जस्तापाता निर्यात सुरु भएसँगै स्टिलजन्य उत्पादन निर्यातमा जगदम्बाले नयाँ ढोका खोलेको खेरले दाबी छ । यसलाई थप व्यवस्थित र दीगो गर्दै लैजाने गरी कम्पनीले काम गरिरहेको उनको भनाइ छ ।

उच्च गुणस्तरको उत्पादनका कारण जस्तापाताको माग इटाली, दक्षिण अफ्रिका र उत्तर अमेरिकाबाट समेत आएको भन्दै खेरले ति मुलुकमा पनि निर्यातको अन्तिम तयारीमा जगदम्बा रहेको जानकारी दिए ।

आल्मुनियम ५५ प्रतिशत, जिन्क ४३.५ प्रतिशत र सिलिकन १.५ प्रतिशतको मिश्रणबाट तयार भएको ग्याल्भा प्लसलाई उच्च कोटीको जस्तापाता मानिन्छ । यस्तै प्रिमियिम गुणस्तरको जगदम्बा सुप्पर साइन पनि बजारमा सबैभन्दा उच्च कोटीको जस्तापाता भएको कम्पनीले जनाएको छ ।

जगदम्बा ग्रुपले गत माघ अन्तिम साता वीरगञ्जबाट कोलकाता पोर्ट हुँदै ९२ टन कलर कोटेड कोइल्स तथा सिट श्रीलंका निर्यात गरेको थियो । श्रीलंकाली पार्टीले गरेको अर्डरअनुसार पहिलो पटक ९२ टन स्टिलको रंगीन पाताको रोल श्रीलंकामा फर्निचरमा प्रयोग गर्ने गरी निर्यात भएको थियो । कम्पनीका निर्यात प्रमुख खेरकाअनुसार श्रीलंकाबाट दोस्रो चरणको आयात अर्डर पनि आउने क्रममा छ ।

प्रतिस्पर्धी मूल्यमा वस्तु उत्पादन र नयाँ बजारको खोजी गर्दै जगदम्बाका उत्पादनहरु एक पछि अर्को गर्दै तेस्रो मुलुकमा निर्यात सम्भव भएको र यसलाई अझ फैलाउँदै लैजानले खेरले बताए । जगदम्बाको वार्षिक उत्पादन क्षमता वार्षिक १.२ लाख टन छ जसको ४० प्रतिशत उत्पादन निर्यात गर्नेगरी उद्योगले काम गरिरहेको खेरले बताए ।

वार्षिक ठूलो व्यापार घाटा खेपिरहेको नेपालका लागि स्टिलजन्य वस्तु निर्यात खुसीको कुरा भएको जगदम्बा ग्रुपले जनाएको छ । निर्यातकै लागि भनेर उद्योगले छुट्टै निर्यात युनिट बनाएर उक्त युनिटका लागि भारतबाट दक्ष जनशक्ति भित्र्याएको थियो । कम्पनीले आफ्नो उत्पादनलाई दक्षिण एशियाली मुलुकका साथै युरोप र अफ्रिकी मुलुकसम्म पुर्‍याउने गरी मार्केटिङ गरिरहेको जनाएको छ 

3600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका