जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मोटरहेडको दशैं तिहार योजनाको विजेता घोषणा, तुलाधरले पाए एक लाख रुपैयाँ

मोटरहेडको दशैं तिहार योजनाको विजेता घोषणा, तुलाधरले पाए एक लाख रुपैयाँ

मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले दशैं, तिहार र छठमा खुला गरेको लक्की ड्रको पुरस्कार राशि आज सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच कम्पनीले चिठ्ठामार्फत नगद पुरस्कार पाउने तीन भाग्याशाली विजेता घोषणा गरेको हो । 

जसअनुसार बम्पर उपहारमा सबैभन्दा धेरै रकम सुभेन्दु रत्न तुलाधरले एक लाख रुपैयाँ पाएका छन् । उनले धोबिघाट शोरुमबाट मोटरहेडको एमएज १५० मोटरसाइकल खरिद गरेका थिए ।

त्यस्तै बालाजु शोरुमबाट टेक्कन २५० खरिदकर्ता दयाबुद्ध मगरले ५० हजार रुपैयाँ र टेकु शोरुमबाट स्क्रयाम्ब्लर २५० खरिदकर्ता सुशान्त पौडेलले नगद २५ हजार रुपैयाँ जितेका कम्पनीले जनाएको छ । कार्यक्रममा एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिका डाइरेक्टर तथा अन्य स्टाफहरूको उपस्थिति थियो ।

3360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका