जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • टीभीएसको भृकुटीमण्डपमा दसैं एक्सचेन्ज मेला, पुरानो वाइकको मूल्यांकन वाहिर भन्दा १० हजार बढी

टीभीएसको भृकुटीमण्डपमा दसैं एक्सचेन्ज मेला, पुरानो वाइकको मूल्यांकन वाहिर भन्दा १० हजार बढी

जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला गरेको छ। असोज ६ गतेसम्म चल्ने यो मेलामा ग्राहकले कुनै पनि वाइक वा स्कुटरको सट्टामा टीभीएसको नयाँ वाइक वा स्कुटर किन्न सक्नेछन्।

एक्सचेन्ज मेलामा कुनै पनि पुरानो वाइक वा स्कुटर बजार मूल्य भन्दा १० हजार बढी मूल्यांकन पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नयाँ सवारी खरीद नगरी एक लाख रुपैयाँसम्म र किनिसकेपछि १० लाख रुपैयाँसम्म आकर्षक उपहार पाउनेछन्।

कम्पनीले शुन्य ब्याजदरमा विशेष सुविधाकासहित किस्ताबन्दीमा सवारी साधन किन्ने योजना समेत ल्याएको छ। कम्पनीका अनुसार प्रि बुकिङ गरे मात्रै पनि ग्राहकले दुई हजार रुपैयाँ बराबरको आकर्षक उपहार समेत पाइनेछ।

कम्पनीले एक्सचेन्ज इएमआई अफर समेत ल्याएको छ। यो अफर अन्तर्गत कुनै पनि कम्पनीको पुरानो वाइक वा स्कुटर लिएर गएमा त्यसको मूल्यांकन बराबरको रकम डाउन पेमेन्ट तिरेर बाँकी रकम इएमआईको सुरुवाती दर ५ हजार ९ सय ९९ रुपैयाँ तिरे पुग्छ।

कार्यक्रममा जगदम्बा मोटर्सक अध्यक्ष साहिल अग्रवालले नेपालीको महान चाड दसैंमा नयाँ सवारी साधन किन्ने ग्राहकलाई सहुलियत दिन एक्सचेन्ज अफर ल्याएको बताए।

7400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका