जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • महिन्द्रा एक्सयुभी ७०० लाई यात्रु सुरक्षामा फाइभ स्टार रेटिङ, ७ वर्षयताकै सबैभन्दा सुरक्षित

महिन्द्रा एक्सयुभी ७०० लाई यात्रु सुरक्षामा फाइभ स्टार रेटिङ, ७ वर्षयताकै सबैभन्दा सुरक्षित

भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्राको पछिल्लो उत्पादन एक्सयुभी ७०० को ग्लोबल एनसीएपी (न्यू कार एसेसमेन्ट प्रोग्राम) परीक्षण सम्पन्न भएको छ।

बुधबार भएको महिन्द्राको यो नयाँ मोडेलको गाडीको एसेस्मेन्ट परीक्षणमा गाडीले सुरक्षाको हिसाबमा फाइभ स्टार रेटिङ पाउन सफल भएको जनाइएको छ। कुल १७ अंकमध्ये महिन्द्राको यस गाडीले १६.३ अंक प्राप्त गर्दै वयस्क यात्रुको सुरक्षा (एडल्ट अकुप्यान्ट प्रोटेक्शन) मा पूरा फाइभ स्टार रेटिङ पाउन सफल भएको हो। यस्तै, केटाकेटी यात्रु सुरक्षा (चाइल्ड अकुप्यान्ट प्रोटेक्शन) सँग सम्बन्धित कुल ४९ अंकमा यस गाडीले ४१.६६ अ‌ंक प्राप्त गरेको जनाइएको छ। 

एजेन्सीलले जनाएअनुसार महिन्द्राको यो गाडीले सन् २०१४ यता अकुप्यान्ट प्रोटेक्शनमा सबैभन्दा उच्च रेटिङ पाउन सफल भएको छ।

भारतमा महिन्द्राको यो गाडी सार्वजनिक हुनुअगावै ७५ हजार थान अग्रिम बुकिङ भइसकेको कम्पनीले जनाएको छ।

मजबुत संरचना रहेको यो गाडीमा डमीसहित परिक्षण गर्दा खतरा सूचक देखाउने अरेन्ज र रेड सिग्नल नदेखिएको कम्पनीले जनाएको छ। 

‘महिन्द्राले आफ्नो प्रतिबद्धताअनुसार नयाँ गाडीको सुरक्षामा फाइभ स्टार रेटिङ पाउन सफल भएको छ। बयस्क र बच्चाका लागि यतिसम्मको सुरक्षा कायम हुनु अति उत्कृष्ट मानिन्छ,’ टुवार्ड्स जेरो फाउन्डेशनका अध्यक्ष डेभिड वार्डको भनाइ उद्धृत गर्दै एजेन्सीले लेखेको छ।

यस्ता छन् गाडीका विषेशता

आर्टिफिसियल इन्टेलिजेन्स सुविधा समावेश गरिएको यो एसयुभी तुलनात्मक हिसाबले सुरक्षित रहेको छ। लेन क्रस गर्दा, अधिकतम गति लिएको अवस्थामा, चालक सक्रिय नभएको अवस्थामा स्वचालित रुपमा अलर्ट गर्ने विशेषताहरु यसमा जडान गरिएको कम्पनीले जनाएको छ।

डब्लु ६०१ प्रोजेक्टअन्तर्गत इन्नोभेसन भएको यो गाडी भारतीय बजारमा आउँदो सेप्टेम्बरसम्म सार्वजनिक हुँदैछ। यो गाडीले एमजीको हेक्टर प्लस, टाटाको सफारी र हुण्डाईको अल्केजरसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ।

चालक तथा यात्रु सुरक्षालाई मध्यनजर गर्दै गाडीमा सातवटा एयरब्याग, क्यामरा, ड्राइभर अटेन्सन अलर्ट, डाइनामिक स्टाविलिटी कन्ट्रोल लगायतका सुविधा जडान गरिएको छ। गाडीमा जडान गरिएको अटो बुस्टर हेडल्याम्प मार्फत रातीको समयमा हाइ विम लाइटबिना नै प्रतिघण्टा ८० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ। यस्तै, यो गाडीमा चालकले इच्छाअनुसारको आवाजबाट सेफ्टी अलर्ट फिचर पर्सनलाइज गर्न सक्ने सुविधा रहेको छ।

सुरक्षालाई मध्यनजर गर्दै गाडीमा चालक र सहचालकका लागि सिट बेल्टसँगै ल्याप प्री-टेन्सनर राखिएको छ। इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्युसनसहित एन्टी लक ब्रेकिङ सिस्टम राखिएको गाडीमा फ्रन्टल र साइड क्र्यास सेन्सर समावेश गरिएको छ।

सात सिट र पाँच सिट क्षमतामा रहेको यो गाडी महाराष्ट्रको प्लान्टमा उत्पादन हुँदै आएको छ। एडिएस (एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम) समावेश गरिएको यो गाडीमा अटोनोमस ब्रेकिङ सिस्टम, राडर सिस्टम, चालकका लागि थ्रीडी पानारोमिक भिजन, बइलिड ट्र्याकिङ मेकानिजम लगायतका अत्याधुनिक सुविधा जडान गरिएको छ।

यो गाडी २.० लिटरको टर्बो एम स्टालियन पेट्रोल इन्जिन र २.२ लिटरको एम हक डिजल इन्जिनमा उतपादन गरिएको छ। पेट्रोलियम इन्जिन मार्फत अधिकतम १९० बिएचपी शक्ति वहन गर्ने यो पहिलो एसयुभी रहेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार आयल बर्नरयुक्त इन्जिनले भने अधिकतम १८५ बिएचपी शक्ति वहन गर्नेछ।

यो गाडी छ स्पीड म्यानुअल र छ सुपिड टर्क कन्भर्टर अटोमेटिक लगायत दुई ट्रान्समिसनमा उपलब्ध छन्।

कम्पनीले यो सँगै सन् २०२६ सम्म २३ वटा मोडेलका नयाँ गाडी उत्पादन गर्ने व्यवसायिक योजना बनाएको छ।

5630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?