जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • हिमालयन रिको नाफा १९ करोड माथि

हिमालयन रिको नाफा १९ करोड माथि

हिमालयन रि इन्स्योरेन्सले चालु आवको तेसो त्रैमासको अवधिमा १९ करोड ६४ लाख ५७ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको चैतससम्ममा ४७ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट २ करोड १ लाख ७६ हजार रूपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले १ करोड ४६ लाख ९ हजार रूपैयाँ खुद दाबी भुक्तानी गरेको छ । पुनर्बीमा कमिशन वापत कम्पनीले ९ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीले यस अवधिमा व्यवस्थापन खर्च शिर्षकमा ८ करोड २२ लाख रूपैयाँ खर्च गरेको छ ।

चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६ लाख रूपैयाँ, बीमा कोषमा ४८ लाख १९ हजार रूपैयाँ र महाविपत्ती कोषमा ४ लाख ६० हजार रूपैयाँ सञ्चित छ

हिमालयन रि नेपालको निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो । 

3075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका