जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

नेपाल लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर संरचना परिवर्तन गरेको छ। कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गरेको हो।

संस्थापकतर्फको सेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारणको सेयर ४९ प्रतिशत बनाउन संरचना परिवर्तन गरिएको हो। यसका लागि कम्पनीले बीमा समितिबाट स्वीकृति पाइसकेको छ भने प्रस्ताव साधारणसभाबाट पारित गराइसकेको छ।

यसअघि कम्पनीको सेयर संरचना ६० बराबर ४० अर्थात ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणमा थियो। यसबारे सेयरधनीलाई जानकारी दिन कम्पनीले सूचना जारी गरेको छ। संस्थापक सेयर संरचना परिवर्तन गर्न नचाहने लगानीकर्ताले उक्त सूचना जारी भएको ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा पुग्नेगरी लिखित जानकारी गराउनुपर्ने जनाइएको छ।

कम्पनीको कुल ८ करोड २० लाख ७९ हजार ६ सय ६६ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। सेयर संरचना परिवर्तनको प्रक्रिया पुरा भएपछि ४ करोड १८ लाख ६० कित्ता संस्थापकको हिस्सा र बाँकी रहेको ४ करोड २ लाख १९ हजार सर्वसाधारणको हुनेछ।

2550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका