जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बैंकमा थुप्रियो पैसा, घट्यो अन्तरबैंक ब्याजदर

बैंकमा थुप्रियो पैसा, घट्यो अन्तरबैंक ब्याजदर

बैंक तथा वित्तीय संस्थाको प्रणालीमा अधिक पैसा थुप्रिँदा अन्तरबैंक ब्याजदर घटेको छ । बैंकिङ प्रणालीमा अधिक रकम जम्मा हुन थालेपछि एक बैंकले अर्को बैंकलाई दिने कर्जाको अन्तरबैंक ब्याजदर घटेको हो।

अहिले बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशतको लाइनमा झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार २२ गतेसम्म अन्तरबैंक ब्याजदर १.६ प्रतिशतमा झरेको छ। गत असार १९ गतेसम्म अन्तरबैंक ब्याजदर ४.१४ प्रतिशत थियो। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि अन्तरबैंक ब्याजदर पनि घट्दै गएको हो।

राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा करिब ४४ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। असार २३ गतेसम्म बैंक तथा वित्तीयहरुको कुल निक्षेप बढेर ५६ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने ४८ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ । यो हिसाबले पछिल्लो ४ दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २८ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत असार १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब ३० अर्ब रुपैयाँ र कर्जा लगानी ४८ खर्ब ६२ अर्ब रुपैयाँ थियो।

वाणिज्य बैंकहरुको निक्षेप पनि यो अवधिमा २६ अर्ब रुपैयाँले बढेको छ। गत असार १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ७२ अर्ब रुपैयाँ रहेकोमा असार २३ गतेसम्म बढेर ४९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँ घटेको छ। असार २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४३ खर्ब १ अर्ब रुपैैयाँ रहेको छ। गत असार १९ गतेसम्म कुल कर्जा लगानी ४३ खर्ब ३ अर्ब रुपैयाँ थियो। बैंकहरुको औसत सीडी रेसियो भने असार २३ गतेसम्म ८३.२५ प्रतिशत रहेको छ।

890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका