जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • गभर्नर अधिकारीले भने – ‘कोभिडमा दिइएको रिल्याक्सेसन सुविधा सधैं दिन सकिँदैन, ब्याजदर बढ्न सक्छ’

गभर्नर अधिकारीले भने – ‘कोभिडमा दिइएको रिल्याक्सेसन सुविधा सधैं दिन सकिँदैन, ब्याजदर बढ्न सक्छ’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसार अधिकारीले कोभिडको विषम परिस्थितिमा दिएको रिल्याक्सेसनका सुविधा सधैंभरलाई दिन नसक्ने बताएका छन्।

नेपाल व्यवस्थापन संघ (म्यान)ले मंगलबार राजधानीमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी बहस कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भने, ‘सहुलियतका सुविधा सधैं दिने हो भने त्यो काउण्टर प्रडक्टिभ हुन्छ भोलिका लागि।’

त्यसक्रममा गभर्नर अधिकारीले केन्द्रिय बैंकले कोभिडकालमा दिएको सुविधा घटाउँदै लैजाने बताए। त्यस्ता सहुलियतपूर्ण सुविधाहरु क्रमशः घटाउने अभ्यास राष्ट्र बैंकले शुरु गरिसकेको उनको भनाइ थियो।

कोभिड संक्रमणको पहिलो चरणमा राष्ट्र बैंकले प्रदान गरेका पुनर्कर्जा र सहुलियतपूर्ण कर्जा जस्ता सुविधा विस्तारै खोसिने उनको संकेत थियो।

बैंक वित्तीय संस्थासँग उपलब्ध स्रोत अन्तरिक उत्पादनतर्फ केन्द्रित गर्न जरूरी रहेको पनि उनले बताए। ‘५० खर्बभन्दा बढी स्रोतको अधिकतम हिस्सा उपभोग भइसकेको अवस्थामा कसरी अन्तरिक उत्पादनमा यसको उपयोगीता बढाउन सकिन्छ भन्ने विशेष चुनौती आउँदो मौद्रिक नीतिका लागि रहेको छ,’ उनले भने।

घट्दो विदेशी मुद्रा संचिति र आयातको फराकिलो आकारलाई बाँध लगाउन उपलब्ध स्रोत अन्तरिक उत्पादन वृद्धि गर्न सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए।

साथै, उनले अहिले मुलुकको अर्थव्यवस्था केही सहनुपर्ने र केही धैर्य गर्नुपर्ने अवस्थामा रहेको समेत बताए। ‘अलिअलि कम्प्रोमाइज गर्न आवश्यक देखिएकाे छ। अरु बेलाको जस्तो सहज स्थिति नभएकाले ब्याजदर पनि बढ्ने र बेसि पर्न जाने जस्ता कठिनाइ पनि सृजना हुन सक्छ,’ उनले भने।

2520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका