जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल प्रेस युनियनमा बद्री सिग्देलको १ दशकको दादागिरीको अन्त्य गरौंः सरकारी पत्रकारलाई हराऊ श्रमजीवी पत्रकार लम्साललाई जिताऊ !

नेपाल प्रेस युनियनमा बद्री सिग्देलको १ दशकको दादागिरीको अन्त्य गरौंः सरकारी पत्रकारलाई हराऊ श्रमजीवी पत्रकार लम्साललाई जिताऊ !

नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आगामी साउन ६ र ७ गते हुने महाधिवेशनमा दर्जनौ पत्रकारहरुले अध्यक्षको दाबी गरेका छन् भन्दा फरक पर्दैन । नेपाल प्रेस युनियनको करिब १ दशक नेतृत्व बद्री सिग्देलले गरे उनीले युनियनलाई तहसनहस मात्रै परेनन्, मागी खाने भाँडो नै बनाएको भेटिएको छ । यति सम्मकी बद्री सिग्देल अध्यक्ष भएको समयमा करिब १३५ जना काठमाडौं जिल्ला पत्रकार संघका (युनियन समर्थक) पत्रकारहरुले युनियन छाडेर प्रेस चौतारी रोज्न पुगे । भन्दा अब फरक पर्दैन । हेक्का होस् । सिग्देलले दर्जनौ पत्रकारलाई एक पछि अर्को गर्दै कारवाही गरेर १ दर्शक प्रेस युनियनमा एकछत्र राज गरे । प्रेस युनियनका् कुनै आर्थिक प्रतिवेदन कुनै बैठकमा पेस गरेनन् । यतिसम्मकी प्रेस युनियनमा ब्रह्मलुट नै मच्चाए भन्दा फरक पर्दैन । हेक्का होस् । सकिन्छ भने यो महाधिवेशनले सिग्देल एण्ड कम्पनी माथी छानवीन गर्ने एउटा समिति नै बनाओस् ।

अध्यक्ष पदमा बद्री सिग्देल आफै उठ्ने दाउमा छन् । यदि उनी अब हार्ने निश्चित भए पछि उनीले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अनिता बिन्दुलाई अध्यक्ष उठाउने तयारी गरेको भेटिएको छ । यता संस्थापनइतर पक्ष (शेखर कोइराला) समूहबाट यूवा, अनुभवी र श्रमजीवी पत्रकार शिव लम्साल उठ्ने निश्चित देखिन्छ । गत प्रेस युनियनको पोखरामा भएको महाधिवेशनमा झिनो मतले पराजित लम्सालले यस पटक अहिले नै (अन्तिम पटक) अध्यक्षको उम्मेदवारी दिएको देखिन्छ ।

अब सन्दर्श आगामी साउन ६ र ७ गते हेटौडामा हुने नेपाल प्रेस युनियनको महाधिवेशनको करिब १० वर्ष अगाडीबाट नभएको प्रेस युनियनको महाधिवेशन यस पटक हुने निश्चित नै भएको छ भन्दा फरक नपर्ला । अध्यक्ष पदमा बद्री सिग्देल आफै उठ्ने दाउमा छन् । यदि उनी अब हार्ने निश्चित भए पछि उनीले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अनिता बिन्दुलाई अध्यक्ष उठाउने तयारी गरेको भेटिएको छ । यता संस्थापनइतर पक्ष (शेखर कोइराला) समूहबाट यूवा, अनुभवी र श्रमजीवी पत्रकार शिव लम्साल उठ्ने निश्चित देखिन्छ । गत प्रेस युनियनको पोखरामा भएको महाधिवेशनमा झिनो मतले पराजित लम्सालले यस पटक अहिले नै (अन्तिम पटक) अध्यक्षको उम्मेदवारी दिएको देखिन्छ । भनिन्छ प्रेस युनियनमा संस्थापन पक्षका पत्रकार छ सय पनि छैनन ।

अध्यक्षमा आकांक्षा राख्ने सन्तोष न्यौपाने प्रेस युनियनका पूर्वसचिव हुन् । पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको दाबीबाट पछि हटेका रामप्रसाद दाहाल पनि युनियनको अध्यक्षको आकांक्षी हुन् । उनी पार्टीभित्रको कुनै समूहमा भने देखिएका छैनन् । यी मध्ये शिव लम्साल संस्थापन इतरबाट अध्यक्ष उठाउने पक्का पक्की जस्तै देखिन्छ ।

संस्थापनइतर पक्षका पत्रकार करिब १ हजार भन्दा बढि केन्द्रिय प्रतिनिधी नै यसपटक बनेका छन् । यिनै कारण यस पटक लम्साललाई जिताउदै प्रेस युनियनलाई मागी खाने भाँडो हुनबाट बचाउनु पर्ने आम प्रतिनिधीहरुको माग छ भन्दा अब फरक पर्दैन । सरकारी पत्रकार हराऊ श्रमजीवी पत्रकारलाई जीताउ प्रेस युनियनको महाधिवेशन सफल गराऊ भन्ने नाराका साथ यूवा पत्रकारहरु परेको देखिन्छ । अध्यक्षको दाबी गर्नेमा अनिता विन्दु, सरोज अधिकारी, रामप्रसाद दाहाल, दिपक आचार्य, शिव लम्साल,सन्तोष न्यौपाने, भुवन भट्ट, देखिएका छन् । यता, संस्थापनइतरबाट वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र पूर्व महासचिव शिव लम्सालको दाबी रहेको छ । यस्तै अध्यक्षमा आकांक्षा राख्ने सन्तोष न्यौपाने प्रेस युनियनका पूर्वसचिव हुन् । पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको दाबीबाट पछि हटेका रामप्रसाद दाहाल पनि युनियनको अध्यक्षको आकांक्षी हुन् । उनी पार्टीभित्रको कुनै समूहमा भने देखिएका छैनन् । यी मध्ये शिव लम्साल संस्थापन इतरबाट अध्यक्ष उठाउने पक्का पक्की जस्तै देखिन्छ ।

वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल, निरज खतिवडा लगायतले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । महिला उपाध्यक्षमा दिलिपाश्री अधिकारी, सलोजा दाहाल, कल्पना शर्मा, लगायतले दाबी गरेको देखिन्छ । यूवा चर्चित पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नकूल आचार्य, भीष्मराज ओझा, सचिव खिला कार्कीले महासचिवको उम्मेदवारी घोषणा गरेका छन् । रमेश वाग्ले, शिवराज योगीले पनि महासचिवको उम्मेदवारको आकांक्षा देखाएको छन् ।

प्रेस युनियनको ९औं महाधिवेशन साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुने गरी समय तोकिएको छ । तीन वर्षे कार्यकाल हुने युनियनमा वर्तमान अध्यक्ष बद्री सिग्देलको कार्यसमितिले आठ वर्ष विताएको छ । त्यसकारण प्रेस युनियनलाई मागी खाने भाँडो बनाएर कार्य समितिमा काम गरेकालाई हराउँदै युवा पत्रकारहरुलाई जिताउनु पर्ने आवाज उठेको देखिन्छ ।

यी मध्ये सामाजिक अभियन्ता एवं चर्चित युवा पत्रकार नकूल अर्यालको जीत सुनिश्चित जस्तै छ भन्दा अब फरक पर्दैन । हेक्का होस् ।
उपमहासचिवमा चारजनाले उम्मेदवारी घोषणा गरेका छन् । भुवन शर्मा, सुलोचना गौतम, युवराज गौतम, कुसुम बिक (सेन्चुरी) उक्त पदका लागि दाबी गरेको देखिन्छ । माधव धिताल, मित्र भण्डारी, पदम जोशीलगायतले कोषाध्यक्षको उम्मेदवारी घोषणा गरी प्रचारमा लागेका छन् । सचिवमा खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, मेनुका ढुंगाना, राधा खनाल, विजय रेग्मी, कालिका महत, एलपी देवकोटा, टिकाराम सुनार लगायतले दाबी गरेको भेटिएको छ ।

प्रेस युनियनको ९औं महाधिवेशन साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुने गरी समय तोकिएको छ । तीन वर्षे कार्यकाल हुने युनियनमा वर्तमान अध्यक्ष बद्री सिग्देलको कार्यसमितिले आठ वर्ष विताएको छ । त्यसकारण प्रेस युनियनलाई मागी खाने भाँडो बनाएर कार्य समितिमा काम गरेकालाई हराउँदै युवा पत्रकारहरुलाई जिताउनु पर्ने आवाज उठेको देखिन्छ । ०७१ भदौमा ८ औं महाधिवेशन पोखरामा भएको थियो । महाधिवेशनका लागि मनोनितबाहेकका एक हजार ६२० प्रतिनिधि चयन भएका छन् ।

5975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?