जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सनराइज बैंक नाफामा ४९% को छलाङ

सनराइज बैंक नाफामा ४९% को छलाङ

सनराइज बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४८.६९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ४४ करोड खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा सन्तोषजनक सुधारसँगै बैंकको खुद नाफा पनि बढेको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २९.९७ प्रतिशत बढेको छ। तर खुद फी तथा कमिसन आम्दानी भने ३.४१ प्रतिशत घट्यो।

बैंकको कुल सञ्चालन आम्दानी २१.५६ प्रतिशत र सञ्चालन मुनाफा १९.९० प्रतिशत बढेको छ।

बैंकले गत आर्थिक वर्षसम्म ग्राहकहरुको १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। सोही अवधिमा १ खर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको हो।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५७.४३ प्रतिशत घटेको पाइयो।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको हो। समीक्षा अवधिमा यस्तो आम्दानी ६.०१ रुपैयाँ बढेर २१.२६ रुपैयाँ पुगेको छ।

2860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका